दमौली । रोटर्याक क्लब अफ दमौलीले आयोजना गरेको ‘प्रथम रोटर्याक्ट कप’को उपाधि लियो क्लब अफ म्याग्देले जितेको छ ।
विजयी दशमीको अवसर पारेर क्लबले आयोजना गरेको प्रतियोगिताको उपाधि लियो क्लब अफ म्याग्देले जितेको हो ।
व्यास ३ स्थित विपी बनबाटिकामा शुक्रवार सम्पन्न भएको फाइनल खेलमा जेसीआई व्यास नगरलाई ट्राइबेकरमा पराजित गर्दै लियो क्लब अफ म्याग्देले उपाधि जित्न सफल भएको क्लबका अध्यक्ष विशाल श्रेष्ठले जानकारी दिए ।
खेस १–१को बराबरीमा टुंगिएपछि ट्राइबेकरमा पुगेको थियो। ११ वटा टिमको सहभागिता रहेको उक्त फुटबल प्रतियोगितामा प्रथम भएसँगै लियो म्याग्देले प्रथम पुरस्कार बोका,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता जेसीआइले टर्की , मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
विजेतालाई पुरस्कार वितरण गर्दै व्यास-६ का वडाध्यक्ष जीवन गुरुङले मैत्रीपूर्ण खेलकुद प्रतियोगिताले युवाहरुमा आपसी सदभाव र भातृत्वको भावना विकास गराउने बताए ।
व्यास-३ का वडाध्यक्ष अनुप रानाले खेलकुदले स्वास्थ्यलाई मात्र नभइ युवाहरुको आपसी सम्बन्ध प्रगाढ बनाउने बताए ।