दमौली । नायक पल शाहलाई तनहुँ अदालतले सफाई दिएपछि राप्रपा नेता एवं प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले खुसी व्यक्त गरेका छन् । शाहीले मंगलबार सॉझ सामाजिक सञ्जालमार्फत् खुसी व्यक्त गर्दै भनेका छन्, ‘आज पल शाहलाई तनहुँ जिल्ला अदालतले निर्दोष साबित गरेको छ आज अत्यन्तै खुसी भएको छु।। एउटा न्यायको लडाई जितिएको छ।। हार्दिक बधाई तथा शुभकामना ।’
नाबालिक जबरजस्ती करणीको अभियोगमा तनहुँ कारागारको थुनामा रहेका शाहलाई अदालतले सफाई दिएको हो । न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले अन्तिम सुनुवाई गर्दै शाहलाई सफाई दिने फैसला सुनाएको थियो ।