आदिवासी जनजाति महोत्सवमा किरण, बसन्त, आशा र सुप्रिमसँग झुमे दर्शक, भिरखोइरेले हसाए
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    आदिवासी जनजाति महोत्सवमा किरण, बसन्त, आशा र सुप्रिमसँग झुमे दर्शक, भिरखोइरेले हसाए

    खबरपुञ्ज संवाददाता

    २ माघ २०७९, मंगलवार

    दमौली । तनहुँको दमौलीमा गत पौष २२ गते शुक्रबारदेखि सुरु भएको पाँचौ आदिवासी जनजाती तनहुँ साँस्कृतिक एवं पर्यटन महोत्सवको बाह्रौं दिन मंगलबार चर्चित राष्ट्रिय गायक गायिकाको प्रस्तुति रहेको थियो ।

    नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद तनहुँको आयोजनामा सुरु भएको महोत्सवको बाह्रौं दिन मंगलबार चर्चित गायक किरण भुजेल, चर्चित गायक बसन्त विश्वकर्मा, बाल कलाकार सुप्रिम मल्ल र गायिका आशा बि सीको बेजोड प्रस्तुती रहेको थियो ।

    यस्तै चर्चित हास्य कलाकार सुरज भिरखोइरेले महोत्सवमा मंगलबार आफ्नो हास्य प्रस्तुतिले दर्शक हसाएका थिए ।

    महोत्सवको अन्तिम अर्थात तेह्रौं दिन माघ ४ गते बुधबार चर्चित गायिका चिना थापा र र्‍यापर मिस्टर डि लगाएत राष्ट्रिय तथा स्थानीय कलाकारहरू प्रस्तुति रहने महोत्सवका प्रवक्ता नन्दु थापा मगरले जानकारी दिए ।

    ‘अमुल्य भाषा संस्कृतिको संरक्षण गरौ, भाषा संस्कृतिको जगेर्ना गर्दै पर्यटनको विकास गरौं भन्ने मूल नाराका साथ आयोजित महोत्सवको बाह्रौं दिन २२ हजार दर्शकले महोत्सव अवलोकन र २० लाखको कारोबार भएको प्रवक्ता मगरले जानकारी दिए । 

    महोत्सवको बाह्रौं दिनसम्म कुल १ लाख ४२ दर्शकले महोत्सव अवलोकन र १ करोड ४२ को कारोबार भएको प्रवक्ता मगरले बताए ।
    गत शुक्रबारदेखि व्यास-३ दमौली स्थित विपी वनवाटिकाको खेल मैदानमा सुरु भएको महोत्सव माघ ४ गते बुधबारसम्म संचालन हुनेछ । महोत्सवमा २ सय ३० वटा स्टल निर्माण गरिएको छ । 

    महोत्सवले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास लिइएको अध्यक्ष सुजित हिराचन बताउछन । महोत्सवमा दर्शकलाई मनोरञ्जन दिनको लागि राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकारहरु ल्याइएको महोत्सवकी निर्देशक बसुन्धरा घर्तीले बताइन् ।

    महोत्सवको कृषि प्रदर्शनीमा स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको आयोजकले जनाएको छ । स्टलमा घरेलु तथा हस्तकला, होटेल तथा रेस्टुरेन्ट, डेरी, आइटि इलेक्टिकल्स, बैक तथा वित्तिय संस्था, आइसक्रीम स्टल, अटोमोवाइल्स स्थानीय उत्पादन प्रदर्शन तथा विक्रि स्थल लगायतका स्टलहरु रहेको घर्तीले बताइन ।

    ‘महोत्सवमा जेष्ठ नागरिक र अपाङ्गता भएकाहरुका लागि निशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ । विद्यार्थीका लागि रु.५० र अन्यका लागि रु.७० टिकट शुल्क रहेको छ । 
    महोत्सवले स्थानीय भाषा,धर्म, कला र संस्कृतिको प्रर्वद्धनका साथै स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने लक्ष्य रहेको आयोजक समितिले जनाएको छ ।

    महोत्सवमा शैक्षिक प्रदर्शनी, विज्ञान प्रदर्शनी, बाल मेला राखिएको छ । त्यस्तै आदिवासी जनजातीहरुको जन्मदेखि मृत्युसम्मको संस्कारको प्रर्दशनी, जीवनशैली प्रस्तुती, घर नमूना निर्माण, सांस्कृतिक कार्यक्रम, विद्यालय स्तरीय प्रतिभा प्रस्फुटन लगायतका आकर्षण रहेका छन् ।