काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले इन्दिरा राना मगरलाई प्रतिनिधिसभाको उपसभामुखको उम्मेदवार बनाउने भएको छ ।
भर्खरै सम्पन्न रास्वपा संसदीय दलको बैठकले मगरलाई अघि सार्ने निर्णय गरेको हो । झापाकी मगर समानुपातिक सांसद हुन् । यसअघि सोविता गौतमको चर्चा थियो ।
सातदलीय गठबन्धनको भागबन्डामा रास्वपालाई उपसभामुख दिने समझदारी बनिसकेको छ ।
सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित भइसकेका छन् ।
संवैधानिक व्यवस्थाअनुसार सभामुख/उपसभामुखमा एकजना महिला अनिवार्य छ ।