विशेष पत्रकार सम्मेलन गर्ने भन्दै रविले भने – मैले सिधा कुरा नगरेको धेरै भएछ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    विशेष पत्रकार सम्मेलन गर्ने भन्दै रविले भने – मैले सिधा कुरा नगरेको धेरै भएछ

    खबरपुञ्ज संवाददाता

    २१ माघ २०७९, आईतवार

    काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज विशेष पत्रकार सम्मेलन गर्ने भएका छन् । लामिछानेले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्न लागेको जनाएका छन् ।

    सो पार्टीले सरकारबारे निर्णय गर्दैछ । त्यसका लागि आजै पार्टी कार्यालयमा बैठक राखिएको छ । स्वतन्त्र पार्टीले पुन: गृहमन्त्रीमा दावी गर्दै आएको छ भने प्रधानमन्त्री पुष्पकमल दाहालले भौतिक पूर्वाधार मन्त्रालय दिने जनाएका छन् ।

    लामिछानेले भनेका छन्, ‘पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ। त्यस लगत्तै पार्टी कार्यालय बाट आज म विषेश पत्रकार सम्मेलन गर्दैछु। म चाहन्छु सिङ्गो देश र विदेशमा रहनुहुनेहरु सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन्। मैले सिधाकुरा नगरेको धेरै भएछ।’