दमौली । तनहुँका विद्यालय तथा क्याम्पसहरुलाई लक्षित गरी गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँको आयोजना, आदिकवि भानुभक्त क्याम्पसको सह आयोजना र व्यास नगरपालिका वडा नम्बर दुईको प्रवर्द्धनमा तीन दिने बालकथा लेखन कार्यशाला सुरु भएको छ।
पहिलो दिन अर्थात् माघ २२ गते बालकथा लेखन कार्यशालाको उद्घाटन व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेले गरेका थिए। कार्यक्रमको अध्यक्षता आकाश अधिकारी र विशिष्ट आतिथ्यता काशीराम श्रेष्ठले गरेका थिए। कार्यशाला माघ २४ गतेसम्म आदिकवि भानुभक्त क्याम्पस दमौली, तनहूँको सभाहलमा सञ्चालन हुनेछ।
तनहुँ जिल्ला भित्रका क्याम्पस साथै विद्यालयमा अध्ययनरत पचास भन्दा बढी विद्यार्थीको सहभागितामा संचालन भइरहेको बालकथा लेखन कार्यशालाको प्रशिक्षण विजय राज आचार्यले गर्नेछन्।