दमौली । तनहुँको भीमादमा जारी भीमाद महोत्सव अन्तर्गत सोमबारबाट भलिबल प्रतियोगिता सुरु भएको छ । माघ १९ देखि सुरु भएको तेस्रो भीमाद महोत्सवका अवसरमा सोमबारदेखि वडा मिश्रित खुल्ला भलिबल प्रतियोगिता सुरु भएको हो ।
भीमाद-६ स्थित रंगशालामा सुरु भएको भलिबलको उदघाटन खेलमा शुक्लागण्डकी-२ ले विजय सुरुआत गरेको छ । भीमाद-५ सँग भएको खेलमा शुक्लागण्डकी-२ सोझो सेटमा विजयी भएको खेल संयोजक उज्वल खनालले जानकारी दिए ।
प्रतियोगिता अन्तर्गत मंगलबार भीमाद-२ र शुक्लागण्डकी-१२ बीच खेल हुनेछ ।
प्रतियोगितामा विजेतालाई रु एक लाख ५५ हजार ५ सय ५५ र उपविजेतालाई रु ७५ हजार ५ सय ५५ पुरस्कार प्रदान गरिनेछ ।