निर्वु सामुदायिक वनमा भेटियो मानव अस्थिपञ्जर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    निर्वु सामुदायिक वनमा भेटियो मानव अस्थिपञ्जर

    खबरपुञ्ज संवाददाता

    २७ माघ २०७९, शनिबार

    दमौली । तनहुँको व्यास नगरपालिका–११ निर्वु सामुदायिक वनमा शनिबार एक मानव अस्थिपञ्जर फेला परेको छ । सामुदायिक वनमा एक अस्थिपञ्जर फेला परेको जिल्ला प्रहरीले जनाएको छ ।

    लिङ्ग पहिचान नभएको र घटनाबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक भानु शर्माले बताए । स्थानीयवासीबाट जानकारीमा आएपछि मुचुल्का गरेर अस्थिपञ्जर ल्याएका छौँ, यसबारे अनुसन्धान गरेका छौँ”, उनले भने । घटनास्थलमा प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीको नेतृत्वमा प्रहरी टोली पुगेको थियो ।–––