दमौली । महिला उद्यमी संघ नेपाल तनहुँ अन्तर्गत दमौली बजार इकाई गठन गरिएको छ । संघको दमौली बजार इकाईको अध्यक्षमा पवित्रा खनाल चयन भएकी छन् ।
जिल्ला अध्यक्ष निर्मला मल्लका अनुसार समितिको उपाध्यक्षमा चिजा गुरुङ, सचिवमा सम्झना श्रेष्ठ, सदस्यहरुमा मुना विक, आरती गुरुङ, धन परियार, शुशिला श्रेष्ठ, उमा बरुवाल, लक्ष्मी श्रेष्ठ, जमुना मल्ल, आशा कार्की, कोपिला थापा र गीता अधिकारी चयन भएको बताइएको छ ।
इकाईको कोषाध्यक्ष पछि मनोनित गरिने जनाइएको छ ।