दमौली । म्याग्दे गाउँपालिका-४ स्थित आदर्श नमूना क्लवको आयोजनामा आजदेखि एघारौ आदर्श तथा छैटौ तारा स्मृति कप फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ ।
आदर्श तारा मनहरी खेलमैदानमा आजदेखि सेभेन ए साइड फुटबल प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताको सबै तयारी पूरा भएको क्लवका अध्यक्ष मलिन मल्लले जानकारी दिए ।
प्रतियोगिताको पहिलो खेल थर्पु युवा क्लब (थर्पु) र इन्द्रेणी युवा क्लब (बासस्वारा) बीच हुनेछ । त्यस्तै दोस्रो खेल आजै मणि युवा क्लब (छिम्लीस्वारा) र न्यु भिजन युथ क्लब (जामुने) बीच हुनेछ ।
फागुन २७ सम्म सञ्चालन हुने प्रतियोगिताका विजेताले एक लाख र उपविजेताले ५० हजार नगद सहित ट्रफी प्राप्त गर्नेछन् ।