तनहुँका माओवादी नेताहरुले किन भेटे प्रधानमन्त्री ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँका माओवादी नेताहरुले किन भेटे प्रधानमन्त्री ?

    खबरपुञ्ज संवाददाता

    १७ चैत्र २०७९, शनिबार

    दमाैली । तनहुँ-१ मा उपनिर्वाचन नजिकिदै जाँदा नेकपा माओवादी केन्द्र तनहुँका नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । शनिबार माओवादी केन्द्रका नेताहरुले बालुवटाारमा प्रधानमन्त्रीसँग भेटघाट गरेका हुन् ।

    भेटका क्रममा तनहुँ क्षेत्र नम्बर १ काे उपनिर्वाचन, गण्डकी प्रदेश सरकार गठन र जिल्लाकाे विकास निर्माणका विषयमा छलफल भएकाे माओवादी केन्द्र तनहुँका अध्यक्ष मदन आलेले जानकारी दिए ।

    No description available.

    साे क्रममा तनहुँ क्षेत्र नम्बर १ मा यसपटक आफूहरुकाे सशक्त दावा रहेकाे प्रधानमन्त्रीकाे ध्यानाकर्षण गराइएकाे थियाे ।

    गत निर्वाचनमा आफूहरुले काङ्गग्रेसलाई सहयाेग गरेकाले याे पटक माओवादी केन्द्रले टिकट पाउनुपर्ने आलेले बताए । “हामीले सहयाेग गरेर जिताएकाे व्यक्ति राष्ट्रपति बन्नुभएकाे छ, उपनिर्वाचनमा माओवादीकाे उम्मेदवार हुनुपर्छ भनेका छाै,” आलेले भने ।

    साेक्रममा प्रधानमन्त्री दाहालले आफूले पनि साेही काेणबाट छलफल गरिरहेकाे बताएका छन् ।

    भेटका क्रममा जिल्लाका विकास निर्माणमा प्राथमिकता दिन आग्रह गरिएकाे छ । सङ्घ सरकारबाट बजेट विनियाेजन गर्दा तनहुँलाई विशेष प्राथमिकता दिन आग्रह गरिएकाे आलेले जानकारी दिए ।

    प्रधानमन्त्री दाहालसँगको भेटका क्रममा राष्ट्रियसभा सदस्य सुरेश आले, गण्डकी प्रदेशका नेकपा (माओवादी) केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमान, पूर्वमन्त्री आशा कोइराला, आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान, नेकपा (माओवादी) केन्द्र गण्डकी प्रदेश कमिटीका सदस्य हेमराज लामिछाने लगायतको सहभागिता थियो ।