व्यासमा प्रत्येक वडालाई एक करोड बजेट निर्धारण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यासमा प्रत्येक वडालाई एक करोड बजेट निर्धारण

    खबरपुञ्ज संवाददाता

    ६ जेष्ठ २०८०, आईतवार

    दमाैली । व्यास नगरपालिकाले आगामी आर्थिक वर्ष ०८०÷८१ का लागि प्रत्येक वडालाई बजेटको सीमा निर्धारण गरेको छ । नगरपालिकाले १४ वटै वडालाई रु एक करोडका दरले बजेट सीमा निर्धारण गरेको हो ।

    सङ्घ, प्रदेशबाट प्राप्त सीमा र आन्तरिक आयको विश्लेषण गरी नगरपालिकाका स्रोत सीमा निर्धारण समितिको निर्णयाअनुसार आगामी वर्षका लागि प्रत्येक वडामा रु एक करोड बजेट सीमा निर्धारण गरिएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए।

    नगरपालिकाको आइतबार बसेको बैठकले नगरपालिका अन्तर्गत सञ्चालन हुने सार्वजनिक समारोहलाई व्यवस्थित गर्न सार्वजनिक समारोह सञ्चालन कार्यविधि, २०८० पारित गरेको छ । त्यस्तै व्यास नगरपालिका अन्तर्गत कार्यरत महिला स्वंयसेविकाहरुका लागि प्रोत्साहित गर्ने उदेश्यले महिला स्वास्थ्य स्वंयसेविका प्रोत्साहन कार्यविधि, २०८० पारित गर्ने निर्णय भएको प्रवक्ता कुमार गुरुङले जानकारी दिए।

    बैठकले सबै जनप्रतिनिधिहरुको नागरिक सरोकारका विषयमा सहभागिता एवं वडा, पालिका गतिविधिहरुमा संलग्न भएको दैनिक अभिलेख राखि व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

    केही दिनअगाडी आएको हावाहुरी, असिनापानीका कारणले नगरपालिका क्षेत्रका विभिन्न वडाहरुमा पारेको असरको विवरण सङ्कलन गरी सात दिनभित्र वडा विपद् समितिबाट निर्णय गराई नगर विपद् समितिमा सिफारिस गर्न सबै वडा समितिलाई निर्देशन दिइएको छ

    बैठकले व्यास नगरपालिका वडा नम्बर ९ स्थित बसाहस्थान माविमा कक्षा ६, ७ , ८, ९, १० मा आवासीय विद्यार्थी भर्ना गरी समता विद्यालय सञ्चालन गर्न अनुमति दिने निर्णय गरेको छ ।