सदनमा एमालेले आफ्नो कुरा राख्न दिने, सरकारबाट समितिको प्रतिबद्धता नआए पुनः अवरोध
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सदनमा एमालेले आफ्नो कुरा राख्न दिने, सरकारबाट समितिको प्रतिबद्धता नआए पुनः अवरोध

    खबरपुञ्ज संवाददाता

    १५ श्रावण २०८०, मंगलवार

    काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा एमालेले अन्य दललाई आफ्नो कुरा राख्न दिने भएको छ । सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्दै आएको एमालेले आकस्मिक समयमा सबैलाई आ-आफ्नो कुरा राख्न दिने भएको हो ।

    सरकारले समिति गठन गर्ने प्रतिबद्धता नजनाए बैठक पुन: अवरोध गर्ने एमालेका प्रमुख सचेतक पदम गिरीले बताए । उनले अहिलेसम्म सरकारले समिति गठनको लागि कुनै जवाफ नदिएको बताए । एमालेले सुन प्रकरणमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठकै संलग्नता रहेको भन्दै राजीनामा मागिरहेको छ ।