दमौली । व्यास नगरपालिका-३ पराशर टोल विकास संस्थाको अध्यक्षमा बालहरि अधिकारी चयन भएका छन् । शनिबार आयोजित टोल समिति पुनर्गठन कार्यक्रमबाट संस्थाको अध्यक्षमा अधिकारी चयन भएका हुन् ।
टोलको उपाध्यक्षमा अजित पन्थ र उर्मिला रानाभाट, सचिवमा मदन पौडेल, सहसचिवमा सन्तोष पौडेल र कोषाध्यक्षमा तारा रानाभाट चयन भएका छन् ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास-३ का वडाध्यक्ष अनुप राना लगायतले शुभकामना दिएका थिए ।