दमौली । नेपाली कांग्रेस तनहुँको भवन उदघाटन कार्यक्रम स्थगित भएको छ। कात्तिक २२ गते आयोजना गरिएको कार्यक्रम स्थगित भएको हो ।
शुक्रबार राति जाजरकोटमा गएको भूकम्पका कारण तिहारअघिका सबै पूर्व निर्धारित कार्यक्रम स्थगित गरिएको छ । कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले कार्यक्रम स्थगित भएको र मिति तोक्न बॉकी रहेको बताए ।
भवन उदघाटनका लागि सभापति शेरबहादुर देउवा आउने तय भएको थियो ।