‘सहकारीले सुरक्षित क्षेत्र पहिचान गरेर लगानी गर्नुपर्छ’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ‘सहकारीले सुरक्षित क्षेत्र पहिचान गरेर लगानी गर्नुपर्छ’

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमाैली । व्यास नगरपालिका-२ स्थित श्रमिक बचत तथा ऋण सहकारी संस्थाकाे बाह्राै साधारणसभा शनिबार सम्पन्न भएकाे छ ।

    साधारणसभामा जिल्ला सहकारी संघका अध्यक्ष प्रदीपराज अधिकारीले सहकारी संस्था सहकारी ऐन अनुसार नचल्दा समस्या हुने गरेकाे बताए । उनले केही सहकारीका कारण समग्र सहकारी क्षेत्र बदनाम भएकाले यसतर्फ सचेत हुनुपर्ने बताए ।

    सहकारीले सुरक्षित लगानीका क्षेत्र पहिचान गरेरमात्रै लगानी गर्नुपर्ने उनकाे सुझाव थियाे । सहकारी सुधार सुझाव कार्यदलका अनुसार सहकारीमा समस्या आउने मुख्य कारण सञ्चालक भएकाे बताउँदै सञ्चालकहरु बढी जिम्मेवार हुनुपर्ने उनकाे भनाइ थियाे ।

    सहकारीका अध्यक्ष भीमबहादुर गुरुङकाे अध्यक्षतामा भएकाे कार्यक्रममा तनहुँ बचत तथा ऋण सहकारी संघका अध्यक्ष देवीबहादुर बस्नेत, व्यास बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष प्रेमप्रसाद पाैडैल लगायतले सहकारी एन अनुसार चले मात्रै सहकारी राम्राे ढंगबाट चल्न सक्ने बताए ।

    साे अवसरमा सहकारीका पूर्व अध्यक्ष इन्द्रबहादुर थापालाई सम्मान गरिएकाे थियाे ।