राष्ट्रपति पौडलद्वारा विदेश भ्रमण स्थगित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    राष्ट्रपति पौडलद्वारा विदेश भ्रमण स्थगित

    खबरपुञ्ज संवाददाता

    १९ कार्तिक २०८०, सोमबार

    काठमाडाै । राष्ट्रपति रामचन्द्र पौडेलको पर्सीदेखि तय भएको फ्रान्स, इटली र जर्मनीको भ्रमण स्थगित भएको छ । विनाशकारी भूकम्पजस्तो प्राकृतिक विपत्ति आइपरेका बेला मुलुक छाड्न उपयुक्त नहुने निष्कर्षसहित राष्ट्रपति पौडेलले सो भ्रमण स्थगित गर्नुभएको उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले प्रेस नोटमार्फत जानकारी दिए।

    राष्ट्रपति पौडेल भूकम्प प्रभावितहरूको अवस्था बुझ्न भोलि बिहान भूकम्प प्रभावित क्षेत्रतर्फ जानु हुने कार्यक्रम तय भएको जनाइएको छ । नेपाल सरकार मन्त्रिपरिषदको बैठकले ती मुलुककको भ्रमण स्वीकृत गरेको भोलिपल्टै जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पबाट जाजरकोट र रुकुमपश्चिमलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो ।

    सो भ्रमण नेपाल र नेपाली जनताका लागि अत्यन्त महत्वपूर्ण हुँदाहुँदै पनि प्राकृतिक विपत्ति आइपरेको हुनाले यो बेला मुलुक छोड्न उपयुक्त नहुने निष्कर्षसहित राष्ट्रपतिले भ्रमण स्थगित गर्नुभएको प्रेस सल्लाहकार पोखरेलले बताए।

    राष्ट्रपति पौडेल फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनको निमन्त्रणामा यही नोभेम्बर ९ देखि ११ तारिखसम्म पेरिसमा हुने पिस फोरम कार्यक्रम अन्तर्गतको ‘वान पोलार प्लानेट समिट’ तथा ‘पेरिस प्याक्ट फर पिपुल एण्ड प्लानेट’ सम्मेलनमा भाग लिन जाने कार्यक्रम तय भएको थियो ।