दमौली । नेपाली कांग्रेस तनहुँको महाधिवेशन र महासमिति सदस्य निर्वाचनका लागि गठित निर्वाचन समिति संयोजक फणिन्द्र कोइरालाले राजिनामा दिएका छन् ।
कांग्रेस तनहुँमा रिक्त तीन महाधिवेशन र महासमिति सदस्य चयनका लागि गठित निर्वाचन समिति संयोजक कोइरालाले मंगलबार राजिनामा दिएका हुन् ।
कोइरालाले राजिनामा दिएसँगै महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य निर्वाचन स्थगित भएको छ। हालसम्मको सबै काम रोकिएको कांग्रेस केन्द्रले नयॉ निर्वाचन संयोजक तोकेपछि मात्रै नयॉ प्रकृया सुरु हुने कांग्रेस तनहुँ सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए ।