गण्डकी सप्लायर्सका प्रोपाइटर श्रेष्ठ उत्कृष्ट करदाताबाट सम्मानित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    गण्डकी सप्लायर्सका प्रोपाइटर श्रेष्ठ उत्कृष्ट करदाताबाट सम्मानित

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमौली । गण्डकी ट्रेड सप्लायर्सका सञ्चालक देवकुमार श्रेष्ठ उत्कृष्ट करदाताबाट सम्मानित भएका छन् । आन्तरिक राजश्व कार्यालय दमौलीले बाह्रौ कर दिवसको अवसरमा श्रेष्ठलाई सम्मान गरेको हो ।

    गत आर्थिक वर्षमा सबैभन्दा बढी कर तिरेबापत ट्रेडिङ क्षेत्रबाट श्रेष्ठ सम्मानित भएका हुन् । कार्यालयले बिहीबार आयोजना गरेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले श्रेष्ठलाई सम्मान गरे ।

    श्रेष्ठ एघारौ कर दिवसका अवसरमा समेत उत्कृष्ट करदाताका रुपमा सम्मानित भएका थिए।

    तस्विर सौजन्य : प्रहार अनलाइन