एकादशीमा फूलकाे ताेरण तार्न भीड (फाेटाे सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    एकादशीमा फूलकाे ताेरण तार्न भीड (फाेटाे सहित)

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमाैली : हरिबोधनी एकादशी पर्वको अवसरमा बिहीबार तनहुँका विभिन्न ठाउँमा फूलको तोरण तार्न सर्वसाधारणकाे भीड लागेको छ । तनहुँको व्यास नगरपालिकास्थित दमौली, शिशाघाट, गजौडे, आँबुखैरेनीको सत्रसयस्थित आँधीमूल, शुक्लागण्डकी नगरपालिकास्थित दुलेगौडा, कोत्रे, भिमाद लगायतका ठाउँमा फूलको तोरण तार्न सर्वसाधारणकाे भीड लागेको हो ।

    दमौलीस्थित मादीसेतीको दोभानमा विभिन्न ठाउँबाट आएका सर्वसाधारणले फूलको तोरण तारेका छन् । विभिन्न ठाउँबाट ल्याइएको फूलको डोली सहितको तोरण व्यास नगरपालिका–३ देउरालीनगर र ऋषिङ गाउँपालिका–१ झापुटारमा तारिएको छ । फूलको डोली सर्वसाधारणले बाजागाजा सहित दमौली ल्याएका थिए ।

    May be an image of 7 people, crowd and temple
    May be an image of 3 people, temple and text

    हरिबोधनी एकादशीकै अवसरमा व्यास नगरपालिका–९ स्थित राजापानी मन्दिरमा पनि फूलको तोरण तार्न भक्तजनको भीड लागेको छ ।

    आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूलमा पनि एकादशी पर्वको अवसरमा मेला लागेको छ । एकादशी मेलाका दिन यहाँ हजारौको सङ्ख्यामा भक्तजनको भीड लागेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रमेश थापाले जानकारी दिए ।

    May be an image of 4 people
    May be an image of 4 people and crowdMay be an image of 9 people and templeMay be an image of 4 people and people fishingMay be an image of 2 people, body of water and crowdMay be an image of 6 people and templeMay be an image of 4 people and people climbingMay be an image of 6 people and people fishing

    आँधीमूल मन्दिरको दर्शन गरे मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको पाइन्छ । आँधीमूल स्थल रमणीय भएकोले पूजाअर्चनाका साथै वनभोजका लागि मानिसहरु टाढा–टाढादेखि आउने गर्छन् । यो मन्दिरमा साउन महिना र औँसी बाहेकका सबै दिनमा पूजा हुने गर्छ । आँधीमूल देवीको मन्दिरमा परेवा उडाउने, बोका र कुखुरालाई बली दिने प्रचलन पनि रहेको छ ।