जातीय विभेद कसुरमा पोखरामा वडाध्यक्षलाई साढे ४ महिना कैद सजाय
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    जातीय विभेद कसुरमा पोखरामा वडाध्यक्षलाई साढे ४ महिना कैद सजाय

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    पोखरा । पोखरा महानगरपालिका-२४ का अध्यक्ष भरतबहादुर अधिकारीलाई जातीय दुर्व्यवहार तथा छुवाछुतको कसुरमा जिल्ला अदालत कास्कीले साढे ४ महिना कैद सजाय सुनाएको छ ।

    वडासदस्य मैया नेपालीले आफूलाई जातीय दुर्व्यवहार र छुवाछुत गरेको भन्दै वडाअध्यक्ष अधिकारीविरुद्ध जाहेरी दिएकी थिइन् । सोही मुद्दामा जिल्ला अदालत कास्कीकी न्यायाधीश अवनी मैनाली भट्टराईको एकल इजलासले बिहीबार अधिकारीलाई ४ महिना कैद र पीडितलाई १० हजार रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको हो ।

    जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव सम्बन्धी (कसूर र सजाय) ऐन, २०६८ मा जातीय विभेद गर्नेलाई ३ महिना कैद र ५० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ । सार्वजनिक पद धारण गरेका व्यक्तिको हकमा अभियोग पुष्टि भए थप ५० प्रतिशत सजाय गर्ने व्यवस्था पनि छ ।

    ‘सोही व्यवस्थाअनुसार थप सजायसहित साढे ४ महिना कैद, ७५ हजार रुपैयाँ जरिवाना र जाहेरवालालाई १० हजार रुपैयाँ क्षतिपूर्ति भर्न आदेश भएको छ’, जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले भने ।