राष्ट्रिय सभा निर्वाचन : कांग्रेसबाट तनहुँका १७ को नाम सिफारिस (सूची सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    राष्ट्रिय सभा निर्वाचन : कांग्रेसबाट तनहुँका १७ को नाम सिफारिस (सूची सहित)

    खबरपुञ्ज संवाददाता

    १० पुष २०८०, बुधबार

    दमौली । राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेस गण्डकी प्रदेशले आकांक्षीहरूको नाम सिफारिस गरेको छ । प्रदेश समितिले कुल १ सय ७८ जनाको नाम सिफारिस गर्दा तनहुँका १७ जना परेका छन् ।

    राष्ट्रिय सभा निर्वाचन आउँदो माघ ११ गते हुदैछ । गण्डकीमा तीन क्लस्टरमा निर्वाचन हुनेछ । अन्य, महिला र अपाङ्गता/अल्पसंख्यकमा १/१ गरी तीन पद रिक्त हुँदैछ । कांग्रेस प्रदेश कार्यसमितिको बुधबार बसेको बैठकले राष्ट्रिय सभा निर्वाचनका लागि १ सय ७८ जनाको सिफारिस गरेको छ ।

    त्यसमध्ये तनहुँबाट सिफारिस भई गएका सबैको नाम प्रदेशले केन्द्रीय समितिमा पठाएको छ ।

    तनहुँबाट अन्य क्लष्टरमा केन्द्रीय सदस्य ध्रुव वाग्ले, पूर्व सभापति रघुनाथ पौडेल, महासमिति सदस्य रामचन्द्र पोख्रेल, महाधिवेशन प्रतिनिधि रेशमलाल गुरुङ, महासमिति सदस्य लक्ष्मी आचार्य, पूर्व जिल्ला सदस्य समुन्द्र गोदार, जिल्ला सदस्य नोकबहादुर विकको नाम सिफारिस भएको छ ।

    महिलातर्फ महासमिति सदस्य चिनु पोख्रेल, मायादेवी राना, जिल्ला सदस्य मिरा जोशी, पवित्रा घिमिरे, महासमिति सदस्य पवित्रादेवी पौडेल र सरिता गुरुङ सिफारिस भएका छन् ।

    अपांगता/अल्पसंख्यकतर्फ पूर्व जिल्ला कोषाध्यक्ष छत्रराज भण्डारी, क्षेत्रीय प्रतिनिधि पदमबहादुर परियार, महाधिवेशन प्रतिनिधि प्रकाश पन्थ र जिल्ला सदस्य रामबहादुर अधिकारी सिफारिस भएका छन् ।