तनहुँका पदमले पाए राष्ट्रिय सभा सदस्यको टिकट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँका पदमले पाए राष्ट्रिय सभा सदस्यको टिकट

    खबरपुञ्ज संवाददाता

    २२ पुष २०८०, सोमबार

    दमौली । नेपाली कांग्रेसले गण्डकी प्रदेशको अपांगतातर्फ तनहुँका पदम परियारलाई राष्ट्रिय सभा सदस्य उम्मेदवार बनाउने निर्णय गरेको छ ।

    रिसेड तनहुँका अध्यक्ष परियार कांग्रेसका क्षेत्रीय प्रतिनिधि हुन् । राष्ट्रिय सभा सदस्य प्रकाश पन्थको रिक्त हुने उक्त कोटामा परियारले कांग्रेसबाट टिकट पाएका हुन् । गण्डकी प्रदेशको अपांगता कोटामा यसअघि तनहुँकै पन्थ राष्ट्रिय सभा सदस्य निर्वाचित भएका थिए ।

    तनहुँबाट अपांगतातर्फ पन्थ, छत्रराज भण्डारी, पदम परियार र रामबहादुर अधिकारी सिफारिस भएका थिए ।

    गण्डकी प्रदेशमा सत्तारुढ गठबन्धनको मतभार बहुमत रहेकाले परियारले जित्ने निश्चित छ ।