पोखरा । पोखरामा जारी प्रधानमन्त्री कप छनोट खेलमा तनहुँले दोस्रो जित हासिल गरेको छ । तनहुँले सोमबार पर्वतलाई हराउँदै दोस्रो जित दर्ता गरेको हो ।
तनहुँले पर्वतलाई तीन विकेटले पराजित गरेको छ । पहिले व्याटिङ गरेको पर्वतले ५० ओभरमा आठ विकेटको क्षतिमा २ सय १७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी व्याटिङ गरेको तनहुँले सात विकेट गुमाउँदै ४८ ओभरमा २ सय १८ रन बनाएको थियो । जितसँगै तनहुँ फाइनलमा पुगेको छ ।
तनहुँका समिर कंडेलले ५०, क्रिस आयरले ४२, दिनेशजंग बुढा मगरले ३७, दिपेश अधिकारीले १४ र उत्सव श्रेष्ठले दश रन बनाएका थिए ।