दमौली । निर्वाचन कार्यालय तनहुँले स्थानीय, प्रदेश तथा प्रतिनिधि सभाका मतपत्र विक्रीको तयारी गरेको छ ।
कार्यालयले स्थानीय तह सदस्य निर्वाचन, २०७९, प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनव २०७९ मा प्रयोग भएका/नभएका मतपत्रहरु, मतदाता नामावली, अभिलेख तथा निर्वाचनसँग सम्बन्धित अन्य कागजातहरु विक्रीको तयारी गरेको हो ।
कार्यालयले वैशाख २७ गते सूचना प्रकाशित गरी झुरा तथा पुराना कागजातहरु जे जस्तो अवस्थामा छ सोही अवस्थामा बोलपत्रको माध्यमद्वारा लिलाम विक्री गरिने जनाएको छ ।
कार्यालयकी निमित्त प्रमुख दुर्गा आलेले व्यास नगरपालिका बाहेकका ठाउँका मतपत्र विक्री गरिने बताइन् ।