दमौली आगलागी पीडितलाई राहत दिन प्रधानमन्त्रीको ध्यानाकर्षण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    दमौली आगलागी पीडितलाई राहत दिन प्रधानमन्त्रीको ध्यानाकर्षण

    खबरपुञ्ज संवाददाता

    १२ जेष्ठ २०८१, आईतवार

    दमौली । तनहुँको व्यास नगरपालिका-३ स्थित फलफूल लाइनमा भएको आगलागी पीडितलाई उचित राहत प्रदान गर्न प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराइएको छ ।

    राष्ट्रिय सभा सदस्य एवं नेकपा एमालेका प्रमुख सचेतक भगवती न्यौपानेले आइतबार प्रधानमन्त्री दाहाललाई भेटेर पीडितलाई उचित राहत र क्षतिपूर्ति प्रदान गर्न ध्यानाकर्षण गराएकी हुन् । सो क्रममा प्रधानमन्त्री दाहालले पीडितलाई राहत दिने विषयमा सरकार गम्भीर रहेको आश्वासन दिएका छन् ।

    न्यौपानेले शनिबार मात्रै दमौलीमा पीडितसँग भेटेर सरकार समक्ष कुरा पुर्याउने प्रतिबद्धता जनाएकी थिइन् ।