एमाले व्यासमा पाण्डेद्वय भिड्दै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    एमाले व्यासमा पाण्डेद्वय भिड्दै

    खबरपुञ्ज संवाददाता

    २५ जेष्ठ २०८१, शनिबार

    दमौली । नेकपा एमाले व्यास नगर कमिटीको अध्यक्षमा तुल्सीराम पाण्डे र ललित पाण्डे भिड्ने भएका छन् ।

    शनिबार मनोनयन दर्ता र उम्मेदवारी फिर्ताको समय रहेकामा सहमति नभएपछि चुनाव हुन लागेको हो ।

    तुल्सीराम पाण्डे नगर कमिटीका कार्यवाहक अध्यक्ष हुन् । उपाध्यक्ष रहेका उनी पार्टी कमिटीमा लोकप्रिय छन् ।

    ललित पाण्डे केही समय अगाडी जिल्ला कमिटी सदस्यमा पराजित भएका थिए । जिल्ला कमिटीमा पराजित भएका उनी फेरि व्यास नगर कमिटीमा चुनाव लड्न आएका हुन् ।

    उपाध्यक्षमा चीजबहादुर गुरुङ, अर्जुनकुमार श्रेष्ठ, विष्णुबहादुर पोख्रेल र मधु पण्डित प्रतिस्पर्धामा छन् । सचिवमा रामचन्द्र अधिकारी र जुननारायण श्रेष्ठ प्रतिस्पर्धामा छन् । उपसचिवमा सुदीप पौडेल र टोपबहादुर परियार तथा महिला उपसचिवमा मन्जु अधिकारी, जौमाया रायमाझी र मालिका पन्थ प्रतिस्पर्धामा छन् ।