दोहोरो भत्ता लिन्छन् शुक्लागण्डकी नगरपालिकाका कर्मचारी (सूची सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दोहोरो भत्ता लिन्छन् शुक्लागण्डकी नगरपालिकाका कर्मचारी (सूची सहित)

    खबरपुञ्ज संवाददाता

    ३० जेष्ठ २०८१, बिहीबार

    दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिकाका कर्मचारीले दोहोरो भत्ता लिने गरेका छन् ।

    मासिक प्रोत्साहन भत्ता (फिल्ड भत्ता) पाएका कर्मचारीहरुलाई समेत योजना अनुगमन गरेबापत अनुगमन भत्ता दिने गरेको खुलेको हो ।

    नगरपालिकाले गत आर्थिक वर्षमा कर्मचारीले दिनै नमिल्ने एक लाख ४६ हजार दुई सय भुक्तानी गरेको छ । उक्त रकम असुल गर्न महालेखा परीक्षकको कार्यालयले निर्देशन दिएको छ ।

    नगरपालिकाबाट संचालित विभिन्न योजनाहरुको अनुगमन तथा सुपरिवेक्षण गर्नको लागि विभिन्न पदाधिकारी तथा कर्मचारीहरुलाई खटाइ अनुगमन भत्ता खर्च गरिएको छ ।

    मलेपको प्रतिवेदनमा भनिएको छ, ‘कार्यालयले भत्ता खर्च गर्दा दोहोरो नपर्ने गरी गर्नु नै पर्ने हुन्छ । नगरसभाको निर्णयको आधारमा पालिकामा कार्यरत प्राविधिक पूर्वाधार विकास तथा भूमी व्यवस्था तथा भवन निर्माण शाखामा कर्मचारी मध्ये अधिकृतस्तरको कर्मचारीलाई रु. ७५०० तथा सहायकस्तरको कर्मचारीलाई रु. ७००० का दरले कन्टिजेन्सीबाट रकम भुक्तानी हुने गरी मासिक प्रोत्साहन रकम उपलब्ध गराउने निर्णयको आधारमा प्रोत्साहन रकम दिदै आएको छ ।’