दमौली । व्यास नगरपालिकाका प्रमुखका उम्मेदवार दीपकराज जोशीले शान्ति सुरक्षा माग गर्दै जिल्ला प्रशासन कार्यालय तनहुँमा निवेदन दिएका छन् ।
आगामी असार २ गते व्यास नगरपालिकाको पुन:मतगणना गर्ने उच्च अदालत पोखराको फैसला कार्यान्वयन हुने दिन नजिकिँदा आफ्नो र परिवारको सदस्यलाई डर, त्रास र धम्कीहरु आउन थालेको भन्दै प्रमुखका स्वतन्त्र उम्मेदवार जोशीले शान्ति सुरक्षाको माग गर्दै बिहीबार जिल्ला प्रशासन कार्यालय तनहुँमा निबेदन दिएका हुन् ।