ताप्लेजुङमा भूकम्पको धक्का महशुस
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    ताप्लेजुङमा भूकम्पको धक्का महशुस

    खबरपुञ्ज संवाददाता

    १२ श्रावण २०८१, आईतवार

    काठमाडौ । ताप्लेजुङमा गएराति १० बजेर १३ मिनेटमा भूकम्प गएको छ । ताप्लेजुङको खेजेनिम आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्पको तीव्रता ४.१ म्याग्निच्युड मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

    भूकम्पले क्षति पुर्‍याए नपुर्‍याएको विवरण प्राप्त हुन सकेको छैन । यसअघि २०६८ असोज १ गते साँझ पनि त्यस आसपास केन्द्रविन्दु बनाएर ६.९ म्याग्निच्युडको भूकम्प गएको थियो ।