कामु प्रधानसेनापतिमा सिग्देल नियुक्त
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    कामु प्रधानसेनापतिमा सिग्देल नियुक्त

    खबरपुञ्ज संवाददाता

    १४ श्रावण २०८१, मंगलवार

    सरकारले नेपाली सेनाको कामु प्रधानसेनापतिमा बलाधिकृत रथी अशोकराज सिग्देललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

    सोमबार बसेको मन्त्रिपरिषदको बैठकले  सिग्देललाई नेपाली सेनाको कामु प्रधानसेनापतिमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    प्रधानसेनापति प्रभुराम शर्माको सिफारिसमा सरकारले सिग्देललाई नेपाली सेनाको कामु प्रधानसेनापतिमा नियुक्त गर्ने निर्णय गरेको हो ।प्रधानसेनापति शर्माको कार्यकाल आगामी भदौ २४ गते सकिने हुनाले त्यो भन्दा एक महिना अगाडी साउन २५ देखि विदा बस्ने प्रचलन अनुसार सरकारले सिग्देललाई कामु प्रधानसेनापति नियुक्त गरेको हो ।