दुवई पुगेर डा. वाग्लेले भने – राजनीति उद्यमी व्यापारीको दोहन र कार्यकर्ताको सेटिङमा सीमित छ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    दुवई पुगेर डा. वाग्लेले भने – राजनीति उद्यमी व्यापारीको दोहन र कार्यकर्ताको सेटिङमा सीमित छ

    खबरपुञ्ज संवाददाता

    २७ भाद्र २०८१, शुक्रबार

    दमौली । तनहुँ-१ का सांसद डा. स्वर्णिम वाग्लेले नेपालको राजनीति उद्यमी व्यापारीको दोहन र कार्यकर्ताको सेटिङमा सीमित रहेको बताएका छन् ।

    शुक्रबार बिहान वाग्लेले नेपालले आर्थिक गति लिन नसक्दा रोजगारीको खोजीमा विदेशिन बाध्यको संख्या बढ्दो रहेको उल्लेख गरे ।

    उनले भने, ‘न विराट सोच, न सफा नियत, न क्षमता, कुशासनमा नेपाल फसेको दृष्टान्त: विगत ५० वर्षमा युएइको अर्थतन्त्र लगभग एक अर्ब डलरबाट ५०० अर्ब नाघेको छ, नेपालको १ बाट ४०।’