दमौली । तनहुँमा विविध कार्यक्रम सहित संविधान दिवस मनाइने भएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेको अध्यक्षतामा बसेको बैठकले संविधान दिवसमा विविध कार्यक्रम गर्ने निर्णय गरेको हो । दिवसमा अवसरमा असोज २ गतेदेखि ४ गतेसम्म सरसफाई, रक्तदान, फलफूल वितरण, वृक्षारोपण लगायतका कार्यक्रम गरिने भएको छ ।
फाइल तस्बिर