मुना सडकको नौ किलोमा सडक भासियो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    मुना सडकको नौ किलोमा सडक भासियो

    खबरपुञ्ज संवाददाता

    ३० भाद्र २०८१, सोमबार

    भरतपुर । नारायणगढ–मुग्लिन सडक अन्तर्गत नौकिलोमा एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ । इच्छाकामना गाउँपालिका–६ मा पर्ने सो सडक आइतबार भासिएको थियो ।  

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार सडक छेउमा लगाएको तारजालीको भाग भासिएर करिब पाँच मिटर चिरिएको थियो । सडक एक फिट जति दबेका कारण यातायात एकतर्फी सञ्चालन भइरहेको उनले बताए । सडक डिभिजन कार्यालयसँग समन्वय गरेर सडक मर्मत गरिने सुरु भएको बताइएको छ ।