माेहम्मद जयन्तीकाे अवसरमा समता विद्यालयमा खाद्यान्न सहयाेग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    माेहम्मद जयन्तीकाे अवसरमा समता विद्यालयमा खाद्यान्न सहयाेग

    खबरपुञ्ज संवाददाता

    ३१ भाद्र २०८१, मंगलवार

    दमाैली । मुस्लिम धर्मालम्बीहरुको पैगम्बर मोहम्मदको १४९९ औं जन्मोत्सवको अवसरमा मङ्गलबार व्यास नगरपालिका-७ स्थित व्यास नगर समता विद्यालयमा खाद्यान्न सहयाेग गरिएकाे छ ।

    व्यास नगरपालिका-४ स्थित दमौली मुस्लिम अन्जुमन कमिटीले विद्यालयमा पुगेर खाद्यान्न सहयाेग गरेकाे हाे । कमिटीका अध्यक्ष जमालदिन मियाँ, सचिव मन्सुर अहमदकाे नेतृत्वमा विद्यालयमा पुगेर रु दश हजार बराबरकाे खाद्यान्न सहयाेग गरिएकाे कमिटीका सदस्य सुदीप गफ्फारले जानकारी दिए ।

    असहाय तथा विपन्न विद्यार्थी पढ्ने विद्यालयलाई माेहम्मद जयन्तीकाे अवसर पारेर सहयाेग गरिएकाे कमिटीका सचिव अहमदले जानकारी दिए ।