डि.जि लिंकको दशैं तिहार बहार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    डि.जि लिंकको दशैं तिहार बहार

    खबरपुञ्ज संवाददाता

    १० आश्विन २०८१, शुक्रबार

    दमाैली । इन्टरनेट सेवा प्रदायकहरूको भीडमा उत्कृष्ट इन्टरनेट प्रदायकको आफ्नो छुट्टै पहिचान बनाउन सफल डि.जि लिंक नेटवर्कले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै डि.जि लिंकको दशैं तिहार बहार योजना सार्वजनिक गरेको छ।

    शुक्लागण्डकीमा मुख्य कार्यालय रहेको इन्टरनेट सेवा प्रदायक डि.जि लिंक नेटवर्कले  दशै तिहामा आफ्ना ग्राहकलाई लक्षित गर्दै असोज १ गते उक्त योजना सार्वजनिक गरेको हो।

    उक्त योजना अन्तर्गत कम्पनीका पुराना प्रयोगकर्ताले एक वर्षको इन्टरनेटको बिल भुक्तानी गर्दा २५ प्रतिशत छुट पाउनेछन्। यसअघि एक वर्षको भुक्तानी गर्दा १५ प्रतिशतले छुट दिँदै आएको डि.जि लिंक नेटवर्कले असोज १ गतेदेखि कात्तिक ३० गतेसम्म एक वर्षको इन्टरनेटको बिल भुक्तानी गर्ने प्रयोगकर्ताको लागि २५ प्रतिशत छुट दिन लागेको हो।

    कम्पनीले १०० एमबीपीएसको इन्टरनेट एक वर्षको भुक्तानी गर्दा सम्पूर्ण करसहित मात्र रु ८,९९९ त्यस्तै १५० एमबिपिएसको इन्टरनेटर एक वर्षको भुक्तानी गर्दा सम्पूर्ण करसहित मात्र रु १०,८०० र २०० एमबीपीएसको ईन्टरनेट एक वर्षको भुक्तानी गर्दा सम्पूर्ण करसहित १२,१५०रुपैयाँमा उपलब्ध गराउने भएको छ।

    साथै छ महिनाको इन्टरनेट एकमुष्ट भुक्तानी गर्ने ग्राहकले एक महिनाको इन्टरनेट निशुल्क पाउनेछन् भने तीन महिनाको इन्टरनेट एकमुष्ट भुक्तानी गर्ने ग्राहकले ५ प्रतिशत छुट पाउनेछन्। कम्पनीको इन्टरनेटको बिल ईसेवा र खल्ती एपबाट पनि भुक्तानी गर्न सकिन्छ।कम्पनीले शुक्लागण्डकी नगरपालीका, भिमाद नगरपालिका, घिरिङ गाउँपालिका भित्र र म्याग्दे गाउँपालिका, पोखरा महानगरपालिकाको केही क्षेत्र र स्याङ्जाको केही स्थानमा इन्टरनेट सेवा प्रदान गर्दै आएको छ।