स्वास्थ्य सूचकमा तनहुँका पालिका : देवघाट जिल्लामा पहिलो (सूची सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    स्वास्थ्य सूचकमा तनहुँका पालिका : देवघाट जिल्लामा पहिलो (सूची सहित)

    खबरपुञ्ज संवाददाता

    १० आश्विन २०८१, शुक्रबार

    दमाैली । स्वास्थ्य सूचकका आधारमा गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयले गरेको मूल्याङ्कमा तनहुँमा देवघाट गाउँपालिका प्रथम भएको छ । समग्र प्रदेशका ८५ स्थानीय तहमा देवघाटले भने आठौ स्थान हासिल गरेको छ ।

    देवघाट गाउँपालिकाले एक सय अङ्कमध्ये ७९.६ अङ्क प्राप्त गरेको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । अघिल्लो आर्थिक वर्ष २०७९÷८० मा देवघाट प्रदेशका २१ औं स्थानमा थियो ।

    स्थानीय तहले स्वास्थ्य क्षेत्रमा गरेको विभिन्न कामको सूचकलाई मूल्याङ्कन गर्दै स्थानीय तहलाई उत्कृष्ट घोषणा गरिएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले खबरपुञ्जलाई जानकारी दिए।

    त्यस्तै जिल्लामा ऋषिङ गाउँपालिका दोस्रो भएको छ । ऋषिङले ७६.४ अङ्क प्राप्त गरेको छ । प्रदेशका ८५ स्थानीय तहमध्ये ऋषिङ १७ औ स्थानमा छ । अघिल्लो वर्ष ऋषिङ ४८ औं स्थानमा थियो ।

    व्यास नगरपालिका तृतीय भएको छ । व्यास नगरपालिकाले ७३.९ अङ्क प्राप्त गरेको छ । गण्डकी प्रदेशमा भने व्यास नगरपालिका २९ औं स्थानमा छ । अघिल्लो आर्थिक वर्षमा व्यास नगरपालिका ८५ तहमध्ये १९ औं स्थानमा थियो ।

    बन्दीपुर गाउँपालिकामा ७३.१ अङ्क सहित जिल्लामा चौथो र गण्डकी प्रदेशमा ३४ औं स्थानमा छ । बन्दीपुर अघिल्लो वर्ष प्रदेशमा ३५ औं स्थानमा थियो ।

    आँबुखैरेनी गाउँपालिका ७२.७ अङ्क सहित जिल्लामा पाँचौ र गण्डकी प्रदेशमा ३७ औं स्थानमा छ । आँबुखैरेनी अघिल्लो वर्ष प्रदेशमा ३२ औं स्थानमा रहेको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

    म्याग्दे गाउँपालिका ७१ अङ्क सहित जिल्लामा छैटौ र गण्डकी प्रदेशमा ४७ औं स्थानमा छ । म्याग्दे अघिल्लो वर्ष २४ औं स्थानमा थियो । शुक्लागण्डकी नगरपालिका ७०.५ अङ्क सहित जिल्लामा सातौ र प्रदेशमा ४८ औं स्थानमा छ । शुक्लागण्डकी अघिल्लो वर्ष ५३ औं स्थानमा थियो । घिरिङ गाउँपालिका ७० अङ्क सहित जिल्लामा आठौ र प्रदेशमा ५५ औ स्थानमा छ । घिरिङ अघिल्लो वर्ष ७४ औं स्थानमा थियो ।

    भिमाद नगरपालिका ६९ अङ्क सहित जिल्लामा नवौ र प्रदेशमा ६५ औ स्थानमा छ । भिमाद अघिल्लो वर्ष प्रदेशमा ५७ औं स्थानमा थियो । भानु नगरपालिका ६६.७ अङ्क सहित जिल्लामा दशौै र प्रदेशमा ७३ औ स्थानमा छ । भानु अघिल्लो वर्ष प्रदेशमा ४९ औ स्थानमा थियो ।