दमाैली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँकाे व्यास नगरपालिका-३ मादी पुल नजिक सडक भासिदा उक्त खण्ड अवरुद्ध भएकाे छ । मुग्लिन पाेखरा सडक विस्तारका क्रममा यस ठाउँमा कल्भर्ट निर्माणका लागि डाइभर्सन सडक बनाइएकामा निरन्तरकाे पानीका कारण उक्त ठाउँमा सडक भासिएकाे हाे ।
कल्भर्ट निर्माणका लागि खाल्डाे खनिएकाे र साेही खाल्डाेमा जमेकाे पानीका कारण त्यस ठाउँमा सडक भासिएकाे छ ।