बाढी र डुवानबाट उपत्यकाका ३ जिल्ला ३२ जनाको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    बाढी र डुवानबाट उपत्यकाका ३ जिल्ला ३२ जनाको मृत्यु

    खबरपुञ्ज संवाददाता

    ११ आश्विन २०८१, शनिबार

    काठमाडौं । अविरल वर्षा र बाढीका कारण काठमाडौं उपत्यकामा ३२ जनाको मृत्यु भएको छ, १२ जना बेपत्ता भएका छन् ।उपत्यका प्रहरी कार्यालयका अनुसार काठमाडौंमा ११ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता भएका छन् ।

    त्यस्तै ललितपुरमा १६ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन् । भक्तपुरमा ५ जनाको मृत्यु भएको छ ।

    प्रहरीका अनुसार काठमाडौंमा १० जना, ललितपुरमा ५ जना र भक्तपुरमा २ जना घाइते भएका छन् ।

    तीन जिल्लामा गरी कुल एक हजार ५३ जनालाई प्रहरीले उद्दार गरेको छ । काठमाडौं, भक्तपुर र ललितपुरमा गरी चार हजार ५१० जना प्रहरी उपत्यकामा खटिएका छन् ।