पृथ्वी राजमार्गमा पहिरोले यात्रुवाहक बस पुर्‍यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    पृथ्वी राजमार्गमा पहिरोले यात्रुवाहक बस पुर्‍यो

    खबरपुञ्ज संवाददाता

    ११ आश्विन २०८१, शनिबार

    धादिङ । अविरल वर्षासँगै पृथ्वी राजमार्गअन्तर्गतको भ्याप्ले खोलामा गएको पहिरोले यात्रुवाहक बस पुरेको छ । धादिङको धुनीबेशी नगरपालिका र काठमाडौंको चन्द्रागिरी नगरपालिकाको सीमा पर्ने उक्त ठाउँमा पहिरोले टुरिस्ट लेखिएको यात्रुवाहक बस पुरेको हो ।

    शनिवार बिहान करिब २ः३० बजेतिर आएको पहिरोका कारण सडकसमेत पूर्ण रूपमा अवरोध भएको छ । पहिरोले अन्य केही गाडीमा पनि क्षति पुर्याएको छ ।