राष्ट्रपति पाैडेल सुर्खेतमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    राष्ट्रपति पाैडेल सुर्खेतमा

    खबरपुञ्ज संवाददाता

    २९ आश्विन २०८१, बुधबार

    सुर्खेत । बडीमालिका जाने क्रममा राष्ट्रपति रामचन्द्र पौडेल सुर्खेत आइपुगेका छन् । बुधबार अपरान्ह यहाँ आइपुगेका राष्ट्रपति पौडेललाई कर्णालीका प्रदेश प्रमुख यज्ञराज जोशी, मुख्यमन्त्री यामलाल कँडेल र कांग्रेस उपसभापति समेत रहेका पूर्व उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले स्वागत गरेका छन् ।

    प्रदेश प्रमुख र मुख्यमन्त्रीसंगको स्वागत भेटपछि राष्ट्रपति पौडेलले सुर्खेतमा शुभेच्छुकहरुसंग भेटघाट गरेका थिए । बिहीबार बिहान बडीमालिकातर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । त्यहाँ बडीमालिका दर्शनका साथै बाजुरास्थित नाट्यश्वरी मन्दिरको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । भ्रमण टोलीमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डे समेत छन्। राष्ट्रपति भोलि नै काठमाडौं फर्किनेछन् ।