रवि लामिछानेलाई ६ दिनमा हिरासतमा राख्न अनुमति
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    रवि लामिछानेलाई ६ दिनमा हिरासतमा राख्न अनुमति

    खबरपुञ्ज संवाददाता

    ३ कार्तिक २०८१, आईतवार

    पोखरा । सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई हिरासतमा राखी अनुसन्धान गर्न अदालतले ६ दिनको अनुमति दिएको छ ।

    जिल्ला प्रहरी कार्यालय कास्कीले लामिछानेलाई हिरासतमा राखी अनुसन्धान गर्नका लागि अनुमति माग गर्दा अदालतले उक्त अनुमति दिएको हो ।

    कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीका अनुसार न्यायाधीश नवराज दाहालको इजलासले ६ दिनको अनुमति प्रदान गरेको हो ।