व्यासका मेयर न्यौपाने चीन प्रस्थान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यासका मेयर न्यौपाने चीन प्रस्थान

    खबरपुञ्ज संवाददाता

    ३ कार्तिक २०८१, आईतवार

    दमौली । व्यास नगरपालिका नगरप्रमुख बैकुण्ठ न्यौपाने कार्यक्रममा सहभागी हुन चीन प्रस्थान गरेका छन् ।

    युसीएलजी एसपीएसी (यूनाइटेड सिटिज एण्ड लोकल गभर्नमेन्ट्स एशिया प्यासिफिक) को सेकेन्ड एक्जिक्युटिभ मिटिङमा सहभागिता जनाउनका लागि न्यौपाने चीन प्रस्थान गरेका हुन्। अक्टोबर २१ देखि २५ सम्म कार्यक्रम हुँदैछ।

    उक्त कार्यक्रममा उनले स्थानीय सरकारहरूका बीचमा सहयोग र साझेदारीलाई प्रवर्द्धन गर्न तथा नगरपालिकाको विकासमा अन्तर्राष्ट्रिय सञ्जालको महत्त्वबारे चर्चा गर्ने न्यौपानेको सचिवालयले जनाएको छ ।

    न्यौपाने युसीएलजी एसपीएसीको एक्जक्युटिभ बोर्ड सदस्यको रूपमा महत्वपूर्ण भूमिकामा छन् । यो बैठकले नगरपालिकाहरू बीचको आपसी सम्बन्धलाई मजबुत बनाउन, शहरी विकासका चुनौतीहरू समाधान गर्न, र नयाँ सम्भावनाहरूको खोजी गर्न अवसर प्रदान गर्ने जनाइएको छ ।

    नगरप्रमुख न्यौपानेले यस बैठकमा व्यास नगरपालिकाको दृष्टिकोण र योजनाहरूलाई प्रस्तुत गर्ने अवसर प्राप्त गर्नुका साथै अन्य नगरपालिकासँग अनुभव आदानप्रदान गर्ने पनि बताइएको छ।