दमौली। व्यास नगरपालिका-५ नेपालटारस्थित जनजुक्त शाही माध्यमिक विद्यालयले स्वर्ण जयन्ती मनाउने भएको छ। विसं २०३२ सालमा स्थापना भएको विद्यालयले आगामी पुस २७ गते स्वर्ण जयन्ती मनाउन लागेको हो।
त्यसका लागि स्वर्ण जयन्ती सल्लाहकार समिति, स्वर्ण जयन्ती मूल समारोह समिति र विभिन्न १५ वटा उपसमितिहरू गठन गरिएको विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र न्यौपानेले जानकारी दिए।
स्वर्ण जयन्तीको अवसरमा विद्यालयले सरस्वतीको मन्दिर सहितको स्मारक निर्माण, स्वर्ण स्मारिका प्रकाशनको तयारी गरेको छ। त्यस्तै मन्टेश्वरी कक्षा सञ्चालन गरी गुणस्तरमा जोड दिँदै बस खरिद गर्ने योजना रहेको न्यौपानेले बताए ।
स्थानीय जुक्तराज शाहीले तत्कालिन समयमा विद्यालय स्थापना गर्न चार रोपनी जग्गा दान दिएका थिए ।