दमौली । ऑबुखैरेनी गाउँपालिका-१ समस्तीपुरस्थित चन्द्रोदय माविमा अक्षयकोष स्थापनाका लागि पूर्व प्रधानाध्यापक माधव वाग्लेले ५० हजार सहयोग गरेका छन् ।
सोही विद्यालयका पूर्व विद्यार्थी समेत रहेका वाग्लेले विद्यालयको स्वर्ण महोत्सवको अवसर पारेर ५० हजार सहयोग गरेका हुन् ।
गरिब तथा जेहेन्दार विद्यार्थी कोष स्थापनाका लागि गरिएको सहयोगले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने जनाइएको छ ।