काठमाडौ । काठमाडौँको कीर्तिपुर नगरपालिका-४ को वडाध्यक्षमा कांग्रेसका राजेन्द्र बानियाँ विजयी भएका छन्।
सातसय ४२ मत ल्याएर बानियाँ विजयी भएका निर्वाचन आयोगले जनाएको छ।
बानियाँका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार पविता खड्का अधिकारीले ४९५ मत ल्याएकी छन् भने माओवादी केन्द्रका नारायण विष्टले २८७ मत ल्याएका छन्। अघिल्लो निर्वाचनमा खड्काका पति श्यामकुमार अधिकारी विजयी भएका थिए।