तनहुँ प्रहरीद्वारा चेक अनादर मुद्धामा फरार दुई प्रतिवादी पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ प्रहरीद्वारा चेक अनादर मुद्धामा फरार दुई प्रतिवादी पक्राउ

    खबरपुञ्ज संवाददाता

    १६ मंसिर २०८१, सोमबार

    दमौली । जिल्ला प्रहरी कार्यालय तनहुँले चेक अनादर मुद्धामा फरार रहेका दुई प्रतिवादीलाई सोमबार पक्राउ गरेको छ । तनहुँ अदालतबाट फैसला पश्चात् हालसम्म फरार रहेका दुई प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा व्यास नगरपालिका-११ रानीगाउँ बस्ने बर्ष ४७ की रामेश्वरी भट्ट र व्यास नगरपालिका-११ बस्ने बर्ष ४७ को केशवराज पन्थ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    भट्टलाई रु चार लाख र सोही बिगो बापतको दुई वर्ष कैद र पन्थलाई एक हजार जरिवाना भुक्तानका लागि तनहुँ अदालत उपस्थित गराइएको छ ।