पोखराको लज्जास्पद हार, चितवनको दोस्रो जित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    पोखराको लज्जास्पद हार, चितवनको दोस्रो जित

    खबरपुञ्ज संवाददाता

    १७ मंसिर २०८१, मंगलवार

    काठमाडौ । नेपाल प्रियिमर लिग (एनपीएल)मा चितवन राइनोजविरुद्ध पोखरा एभेन्जर्सले लज्जास्पद हार व्यहोरेको छ ।

    कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार भएको खेलमा चितवनले पोखरालाई ८७ रनले पराजित गरेको हो ।

    चितवनले दिएको १६२ रनको लक्ष्य पछ्याएको पोखराले फितलो जवाफी ब्याटिङ गर्‍यो ।

    खेल ३.२ ओभर पुग्दासम्म नै पोखराले ६ विकेट गुमायो । पहिलो ओभरको पहिलो बलमै कप्तान कुशल आउट भएसँगै धर्मराएको पोखराको ब्याटिङ ३.२ ओभरसम्म सम्हालिन सकेन ।

    कुशल आउट भएलगत्तै पहिलो ओभरको नै पाँचौं बलमा दिलिप नाथ ४ रनमा र अन्तिम बलमा बास डी लिडे पनि गोल्डन डकआउट भए । सो ओभरको सबै विकेट चितवनका सोहेल तानबिरले लिएका हुन् ।

    चौथो ओभरमा पनि पोखराले थप ३ विकेट गुमायो । ३.१ ओभरमा दिनेश खरेल १ रनमा एलबीडब्लु आउट भए । ३.४ ओभरमा किरण थगुन्ना पनि एलबीडब्लु आउट भए । ३.६ ओभरमा माइकल लिस्क पनि शून्यमा नै आउट भए । तीनै विकेट रिजन ढकालले लिए ।

    चौथो ओभर सकिँदा  पोखराले ६ विकेट गुमाएर मात्र ७ रन बनाउन सक्यो ।

    यसपश्चात पोखरा केही सम्हालिन खोजे पनि ६.२ ओभरमा लुक बेन्केन्स्टिनले चितवनका लागि सातौं विकेट लिइँदै रेमन रेफरलाई १ रनमा आउट गरे ।

    त्यसपछि क्रिजमा आएका मार्कस क्रिचले १७ र नारायण जोशी ३० रन जोडेर आउट भए ।

    टोलीमा १३.२ ओभरमा ७४ रन बनाउँदै अलआउट भयो ।

    यसअघि चितवनले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा १६१ रन बनाएको थियो ।