दमौली । नेपाल विद्यार्थी संघको केन्द्रीय कार्यक्रम अन्तर्गत लमजुङमा सदस्यता वितरण गरिएको छ । देशैभर नेविसंघ सदस्यता वितरण गर्ने कार्यक्रम अनुसार बुधबार लमजुङमा आयोजित कार्यक्रममा विद्यार्थीलाई सदस्यता वितरण गरिएको अभियानका केन्द्रीय प्रतिनिधि एवं नेविसंघ केन्द्रीय सदस्य सुनिल मिश्रले जानकारी दिए ।
नेविसंघ लमजुङ जिल्ला अध्यक्ष दिलीप रानाको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाली कांग्रेस लमजुङ जिल्ला सभापति एवं गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङ पार्टीका जिल्ला सचिव कृष्ण बहादुर अधिकारी लगायतले सम्बोधन गरेका थिए ।