दमौली । बन्दीपुर गाउँपालिकाले पुस १७ गते पालिकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ । उक्त दिन पालिकाले बन्दीपुर भ्रमण वर्ष २०२५को शुभारम्भ गर्दैछ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको प्रमुख आतिथ्यतामा भ्रमण वर्षको समुद्घघाटन गर्ने कार्यक्रम रहेको बन्दीपुरका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए ।